बाराको गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

 मंसिर २४, २०८१ सोमबार ११:३३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाराको बरियारपुरमा चलिरहेको प्रसिद्ध गढीमाई मेलामा आज पनि दर्शनार्थीको उस्तै घुइँचो  छ । गढीमाईमा हिजोदेखि शुरू भएको विशेष पूजा भोलिसम्म चल्नेछ । हिजोदेखि दर्शनार्थीको घुइँचो थप बढेको र भोलिसम्म नै घुइँचो हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।

मेला लागेको ठाउँ बरियारपुरदेखि १५, २० किलोमिटर टाढादेखि नै गाडीको चाप बढेको छ । दर्शनार्थीको घुइँचो र व्यापारले मेलाको रौनक बढाएको छ । गढीमाईमा हरेक पाँच वर्षमा विशेष मेला लाग्ने गर्छ ।

मेलामा दर्शनार्थीको सहजताका लागि सुरक्षा व्यवस्था, बिजुलीबत्ती, सीसी क्यामरा, शौचालय, पार्किङ, खानेपानीलगायतको व्यवस्थापन मिलाएको मेला मूल समितिका प्रवक्ता विजय स्वर्णकारले बताउनुभयो ।

मेला अवधिभर शुद्ध एवम् स्वच्छ खानेपानी वितरण गर्ने काम भइरहेको खानेपानी संस्थान बारा कलैया शाखाले जनाएको छ । मेला आउँदो ३० गते आइतवारसम्म चल्नेछ ।
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया