लामिछानेमाथि ‘अमानवीय व्यवहार’ बारे छानविन शुरु, आयोगले एआईजी र डीआईजीसँग जानकारी लियो

 मंसिर २४, २०८१ सोमबार १६:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै परेको उजुरीमाथि राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान शुरु गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिमाथि सरकारले मानवअधिकारकै हनन हुनेगरी दमन र ज्यादती गरेको भन्दै उजुरी दिएको थियो । उजुरीमाथि अनुसन्धान र छानविन गर्न आयोगले आज प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाएको थियो । तर कुँवरले आफू काठमाण्डौ बाहिर रहेको भन्दै अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् नायव महानिरीक्षक दानबहादुर कार्कीलाई पठाउनुभएको छ ।

आयोगको कार्यालयमा पुगेर तामाङ र कार्कीले जानकारी दिनुभएको छ । दुवै प्रहरी अधिकारीले लामिछानेको सुरक्षाको लागि रातारात चितवनबाट पोखरा लैजानुपरेको जानकारी दिएका छन् ।

मानव अधिकार आयोगले आज प्रहरी अधिकारीसँग सामान्य बयान लिएर अनुसन्धान थालेको र आवश्यक परेमा फेरि महानिरीक्षकलाई नै बोलाउने बताएको छ । जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूतिसहित स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया