एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – काठमाण्डौको दक्षिण–पश्चिम भेगमा पर्ने चन्द्रागिरिको विष्णुदेवी मन्दिरमा बिहानैदेखि सातगाउँले जात्राको रौनक शुरू भएको छ ।
विभिन्न ठाउँबाट रथ ल्याएर पूजाअर्चनाको काम भइरहेको छ । जात्रा हेर्न आउनेहरुको बिहानैदेखि घुइँचो छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद न्हय्गाँ भनिन्छ ।
काठमाण्डौको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ ।
आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुक्ल नवमीका दिन सन्तानहरू आउने विश्वासअनुसार बिहानै सबै गाउँको रथ बल्खुसम्बद्ध गुठियार र गाउँलेले बाजागाजासहित चन्द्रागिरी तीनथानामा रहेको विष्णुदेवी मन्दिरमा ल्याउने गर्छन् ।
आज कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई ठाउँमा पनि विष्णुदेवी र बालकुमारी रथयात्रा भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।