रौतहटमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गयो

 मंसिर २५, २०८१ मंगलबार ९:४८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – रौतहटको चन्द्रनिगाहपुरमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । बाराको गढीमाईमा भइरहेको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किदै गरेको जीप दुर्घटनामा परेको हो ।

दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको जीप  पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर ४ मा आइपुग्दा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

गाडीमा रहेका आठ जनाको घटनास्थलमै ज्यान गएको र पाँच जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ । मृतकको नाम ठेगाना खुल्न बाँकी छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया