कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाको नेतृत्व सर्वसम्मत

 मंसिर २८, २०८१ शुक्रबार १३:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घ, कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाको नयाँ नेतृत्व सर्वसम्मत भएको छ । आज भएको अधिवेशनले अर्जुन पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

शाखाको अध्यक्षमा अर्जुन पोख्रेल, उपाध्यक्षमा शिल्भिया राजोपाध्याय, सचिवमा दामोदर न्यौपाने, कोषाध्यक्षमा महेश ज्ञवाली र सदस्यमा विकास लामा तामाङ सर्वसम्मत हुनुभएको हो । यस्तै केन्द्रीय प्रतिनिधिका रूपमा मिलन तिमिल्सिना र प्रदेश प्रतिनिधिका रूपमा दिनेश निरौला र अच्युत घिमिरे पनि निर्विरोध हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक मन्टेश्वरी राजभण्डारीले कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाको नेतृत्व सर्वसम्मत भएकोमा खुशी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया