मुस्ताङका पाँच वटा पालिकामा आलु जोन कार्यक्रम सञ्चालन

 मंसिर २९, २०८१ शनिबार १५:४२:१४ | रासस
unn.prixa.net

तस्बिर : रासस

म्याग्दी – सरकारले मुस्ताङका पाँच वटा पालिकामा चालू आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरेको छ । व्यावसायिक आलुखेती बिस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुस्ताङका प्रमुख भरतराज गौतमले जानकारी दिनुभयो ।

यसअघि मुस्ताङमा स्याउ र च्याङ्ग्रा जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ । मुस्ताङको आलु जोन कार्यक्रममा ७१ कृषि फार्म, समूह र सहकारी सूचीकृत भएका छन् । आलु जोन कार्यक्रमका लागि चालू आर्थिक वर्षमा एक करोड १७ लाख रुपैयाँ बजेट प्राप्त भएको गौतमले जानकारी दिनुभयो ।

पाँच सय हेक्टर क्षेत्रफलमा आलु खेती गरेका किसानलाई जोन कार्यक्रममा समेटिएको छ । चार सय ५९ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको मुस्ताङमा यस वर्ष सात हजार ३१ मेट्रिक्टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मुस्ताङमा स्थानीय कुफ्रिज्योति जातको आलुखेती हुन्छ ।

मुस्ताङमा उत्पादन भएको आलु म्याग्दी, बागलुङ, पोखरा, काठमाण्डौ, चितवन, रुपन्देहीलगायत देशका विभिन्न शहरमा बिक्री हुने गर्दछ । चिसो हावापानीमा रासायनिक विषादी र मलको प्रयोगबिना प्राङ्गारिक विधिबाट उत्पादन भएको मुस्ताङको आलु स्वादिलो र पोषिलो मानिन्छ । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया