इंग्लिस प्रिमियर लिग फुटबल : लिभरपुल र फुलह्यामले २–२ गोलको बराबरी खेले

 मंसिर ३०, २०८१ आइतबार ९:४५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) को शीर्ष स्थानमा रहेको लिभरपुलले फुलह्यामसँग २–२ गोलको बराबरी खेलेको छ । लिभरपुलले आफ्नो अघिल्लो खेलमा पनि न्युक्यासलसँग ३–३ गोलको बराबरी खेलेको थियो ।

यस्तै गएराति नै भएको अर्को खेलमा लिग तालिकाको तेस्रो स्थानमा रहेको अर्सनलले एभर्टनसँग गोल रहित बराबरी खेलेको छ । ईपीएल अन्तर्गत गएराति भएका अरु खेलमा नटिङ्घम फरेस्टले एस्टल भिल्लालाई २–१ गोलले पराजित गर्‍याे।

यस्तै  इप्सविच टाउनले उल्भ्स्लाई पनि २–१ गोलले नै पराजित गरेको छ । अर्को खेलमा न्युक्यासलले लेस्टर सिटीलाई ४–० गोलले पराजित गर्‍याे।

ईपीएलको लिग तालिकामा ३६ अङ्क सहित लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको चेल्सीको ३१ र तेस्रोमा रहेको आर्सनलको ३० अङ्क रहेको छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया