भानुआतुमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुग्यो
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । कतारमा गएराति भएको समारोहमा विश्व फुटबल महासङ्घ (फिफा) ले प्रदान गर्ने वेस्ट अर्वाड भिनिसियस र आइतानाले प्राप्त गरेका हुन् ।
ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फुटबलर–२०२४ घोषित भएका हुन् । मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा द वेस्ट महिला खेलाडीको अवार्ड जितेकी हुन् । रियलका कार्लो एन्सेलोटीले फिफा द वेस्ट पुरुष प्रशिक्षकको अवार्ड जिते ।
त्यस्तै महिलातर्फ अमेरिकी महिला फुटबल टोलीकी प्रशिक्षक एम्मा हेजले यो अवार्ड जितिन । वेस्ट गोलकिपरको अवार्ड पुरुषमा एस्टन भिल्लाका अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेज र महिलामा अमेरिकाकी एलिसा नेहरले जितिन ।
उत्कृष्ट गोलतर्फ म्यानचेस्टर युनाइटेडका अर्जेन्टिनी खेलाडी अलेक्जान्ड्रो गोरान्चोले र महिलातर्फ अमेरिकी क्लब ओलरान्डो प्राइडकी ब्राजिलियन खेलाडी मार्टाले जितेकी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।