घुम्न जाऔँ बर्दिया भोलिदेखि ठाकुरबाबामा शुरू हुँदै

 पुष ३, २०८१ बुधबार १३:१८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा पर्यापर्यटनको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम भोलिदेखि शुरू हुने भएको छ ।

भोलि लुम्बिनी प्रदेश र ठाकुरबाबा नगरपालिकाको संयुक्त आयोजनामा ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रमको उद्घाटन हुने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज रहेको नगरभित्रको पर्यापर्यटनको सम्वर्द्धन, प्रवर्द्धन तथा विकास गर्नुका साथै बर्दिया जिल्लाकै पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाऔँ बर्दिया कार्यक्रम आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाका मेयर तीलकराम लम्सालले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रले धेरैजसाे क्षेत्र ओगटेको ठाकुरबाबा नगरपालिकाले पछिल्लो समय विकास र पूर्वाधारको हिसाबले बिस्तारै गति लिन थालेको छ । तर पर्यापर्यटनको क्षेत्रमा प्रचुर सम्भावना भएर पनि राष्ट्रिय नीति र बजेट विनियोजनका हिसाबले यो क्षेत्रले स्थान पाउन नसकेको गुनासो नगरवासीको छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया