वीरेन्द्रनगरमा निसास्सिएर आमा–छोराको ज्यान गयो, छोरीको उपचार चल्दै

 पुष ४, २०८१ बिहीबार १८:१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – सुर्खेतको वीरेन्द्रनगरमा घरभित्र निसास्सिएर दुई जनाको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानकाे समावेशी टोलमा घरभित्र सुतिरहेका आमा र छोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार ३० वर्षीया देवीसरा थापा घर्ती र उहाँका ६ वर्षीय छोरा रियानको ज्यान गएको हो । उहाँकी ९ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

हिजो बेलुका खाना खाएर सुतेको र घटना गएराति भएको प्रहरीको भनाइ छ । घरभित्र कोइला बालेको र धुवाँमा निसास्सिएको प्रारम्भिक रिपोर्ट आएको डीएसपी विश्वकर्माले जानकारी दिनुभयो ।

चिसोको बेला कोठामा न्यानो पार्न हावा छिर्न नसक्ने गरी झ्यालढोका बन्द गरी कोइला, हिटर नबाल्न डाक्टरले सल्लाह दिएका छन् । हिटर, कोइला बालेर कोठा तातो बनाउने गर्दा कोठाभित्र अक्सिजनको अभाव हुने र ज्यानै जानेसम्मको जोखिम हुन्छ । कार्बन मनोअक्साइडका कारण निसास्सिएर बेहोस हुने र ज्यानै जाने गर्छ ।

घरबाहिर निस्किँदा पनि बन्द कोठामा हिटर खोलेर वा कोइला बालेर नछोड्न, झ्याल ढोकाका चरहरूमा बोरा, कपडा राखी चुलो वा विद्युतीय उपकरण नबाल्न डाक्टरको आग्रह छ । जाडोबाट जोगिन तातो र न्यानो कपडा लगाउने, झोलिलो पोषिलो खानेकुरा खानु नै उत्तम हुने विज्ञहरू बताउँछन् ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया