१९ वर्षमुनिको महिला एशिया कपको दोस्रो ‘सुपर–फोर’ मा नेपाल र बङ्गलादेशको खेल आज

 पुष ५, २०८१ शुक्रबार ६:३०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसीसी १९ वर्षमुनिको महिला एशिया कपको दोस्रो ‘सुपर–फोर’ मा आज नेपाल र बङ्गलादेश खेल्दैछन् ।

मलेसियाको क्वालालम्पुरमामा रहेको बायोमास आभलमा हुने खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुनेछ । यसअघि हिजोको पहिलो ‘सुपर–फोर’ मा नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको छ ।

वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको हो । नेपाल र  श्रीलङ्काले १/१ अङ्क बाँडेका छन् ।  ‘सुपर–फोर’ अन्तर्गत हिजोको अर्को खेलमा भारतले बङ्गलादेशलाई ८ विकेटले हराएको छ ।

प्रतियोगिताको समूह ‘ए’ बाट भारत र नेपाल तथा समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का ‘सुपर–फोर’ मा पुगेका हुन् । ‘सुपर–फोर’ मा शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् ।

महिला एशिया कपको फाइनल खेल पर्सि आइतवार हुनेछ ।
 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया