नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिकाे महिला एशिया कपकाे...
पुस ५, २०८१ शुक्रबार
काठमाण्डौ – नेपालमा गुणस्तरीय शिक्षाका लागि आजदेखि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुरू हुँदैछ । शिक्षा मन्त्रालय रातो बङ्गला फाउन्डेसनको आयोजनामा आज, भोलि र पर्सि ललितपुरको पाटनमा रहेको रातो बङ्गला स्कुलमा यो सम्मेलन हुने भएको हो ।
सम्मेलनमा शैक्षिक नेतृत्व र सुशासन, समावेशीकरण र सामाजिक तथा भावनात्मक विकास, जलवायु परिवर्तन र शिक्षा, प्रविधि र नवप्रवद्र्धन, पूर्व प्राथमिक शिक्षा, पढाइ र सिकाइलगायतका बारेमा छलफल हुने फाउन्डेसनकी अध्यक्ष शान्ता दीक्षितले जानकारी दिनुभयो ।
नेपालमा सन् २०१३ मा ‘सबैका लागि शिक्षा’ भन्ने नारासहित पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेल भएको थियो । समयको माग र आवश्यकताको आधारमा विद्यालयले शिक्षालाई प्रविधि र जिवनोपयोगी बनाउने उद्देश्यले तेस्रो सम्मेलन गर्न लागिएको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।
सम्मेलनमा सात जना विदेशी विज्ञसहित पाँच सयभन्दा धेरै शिक्षाकर्मीहरूको उपस्थिती रहने छ । तीन दिनसम्म हुने सम्मेलनमा ४० वटा कार्यशाला, १० वटा शत्र, १२ वटा कार्य प्रस्तुति, ४ वटा विषेश प्रस्तुति र ४ वटा अनुभव प्रस्तुत गरिने छ ।
शिक्षासँगै रोजगारीको अवसर नहुने र गुणस्तरीय शिक्षाको अभावमा विदेशिने युवाको सङ्ख्या पछिल्लो समय बढिरहेको छ । यसलाई कम गर्नका लागि पनि सम्मेलनले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।