हङकङसँगको एकदिवसीय शृङ्खलामा नेपालको 'क्लिन स्वीप'
पुस ५, २०८१ शुक्रबार
बर्दिया – लुम्बिनी प्रदेशको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियालाई लक्षित गरी प्रदेश सरकारले ‘घुम्न जाऊँ बर्दिया’ अभियान शुरू गरेको छ । ठाकुर बाबा नगरपालिकाको सहकार्यमा प्रदेश सरकारले अभियान शुभारम्भ गरेको हो ।
प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रुपमा लिएको छ । यसअन्तर्गत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको हो ।
हिजोदेखि शुरू भएको अभियानको उदघाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागि ध्यान दिएको र त्यसको शुरूआत बर्दियाबाट गरिएको बताउनुभयो ।
देशका विभिन्न राष्ट्रिय निकुञ्जभन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको छ । यहाँ एकै दिनमा बाघ, गैँडा र जङ्गली हात्तीको बथानका साथ साथै चित्तल, जरायाे, बाह्रसिङ्गे र विभिन्न प्रकारका चराचुरुङ्गी अवलोकन गर्न पाइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।