नौबिसे–मुग्लिन सडक आइतवारदेखि शनिवारसम्म आंशिक बन्द हुने

 पुष ५, २०८१ शुक्रबार १०:४७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन सडक खण्ड पर्सि ७ गते आइतवारदेखि १३ गते शनिवारसम्म आंशिक बन्द हुने भएको छ ।

नौबिसे–मुग्लिन खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटी मोड सुधार गर्ने कामका लागि आंशिक रूपमा सडक बन्द गर्न लागिएको नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डले जनाएको छ ।

सडक आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार सात दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गाडी आंशिक रूपमा रोकी सडक निर्माणको काम हुनेछ ।

यस अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका बाहेक गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

पोखरेभीरको मोड सुधारका लागि यस अवधिमा नौबिसेबाट गजुरी छिर्ने ठूला गाडीलाई गल्छी–बैरेनी र हलुका गाडीलाई जरेखेतमा रोकिनेछ ।

मलेखुतर्फबाट नौबिसे छिर्ने ठूला गाडीलाई चालिसे र हलुका गाडीलाई घाटबेँसीमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया