उज्यालोकर्मी मदन पौड्यालसहित ६ जना पत्रकार सम्मानित
पुस ५, २०८१ शुक्रबार
काठमाण्डौ – विपद् व्यवस्थापनका लागि काभ्रेका पालिकाले चालू आर्थिक वर्षको योजना तथा बजेट संशोधन थालेका छन् । गएको असोज दोस्रो हप्ताको बाढी पहिरोका कारण जिल्लामा जनधनको क्षति भएपछि राहत तथा पुनर्वासका लागि पालिकाहरूले विशेष सभामार्फत योजनागतरूपमा विनियोजित बजेट कटौती गर्न थालेका हुन् ।
धुलिखेल नगरपालिकाको १६ औं अधिवेशनमा हिजो विशेष सभाको आयोजना गरी बाढी पहिरोका कारण नगरका विभिन्न वडामा भएको क्षति र त्यसपछि भएको खोज तथा उद्धार, उपचार र पुनर्निर्माणका लागि नगरले आवश्यक बजेट विनियोजन गर्न चालू आर्थिक वर्षको ७५ वटा योजनाको बजेट संशोधन गर्ने निर्णय गरेको छ ।
मेयर अशोक व्याञ्जुका अनुसार नगरमा विपद्बाट भएको क्षतिको जानकारी गराउँदै धुलिखेललाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ । यसअघि रोशी र बेथानचोक गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनर्स्थापना एवम् पुनर्वासका लागि चालू आर्थिक वर्षको बजेट संशोधन गरी विपद् कोषमा बजेट व्यवस्थापन गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।