नेपालमा भुटानी शरणार्थीको अवस्था र अधिकारमाथि केन्द्रित सम्मेल...
पुस ५, २०८१ शुक्रबार
काठमाण्डाै – कोदोजन्य बाली प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइनमा कार्यरत मदन पौड्यालसहित ६ जना पत्रकार सम्मानित भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालय सिंहदरबारमा आज भएको कार्यक्रममा कृषिमन्त्री रामनाथ अधिकारीले प्रमाणपत्र, नगद र दोसल्लासहित सम्मान गर्नुभएको हो ।
सम्मानित हुनेहरूमा उज्यालोकर्मी पौड्यालसहित हिमालय टाइम्सका लेखनाथ पोखरेल, अन्नपूर्ण पोस्टकी ममता थापा, आर्थिक अभियान दैनिकका प्रशान्त खड्का, रातोपाटी अनलाइनकी सरिता थारु र टक्सार न्युजका रवि थापा रहेका छन् ।
यो पुरस्कारको घोषणा गएको साउन १५ गते ललितपुरको खोकनामा भएको ‘चौथो कोदो दिवस–२०८१’ को अवसरमा भएको थियो । एशोशिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिस्ट (अनाज) र राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले कोदो समाचार लेखन तथा सर्वोत्कृष्ट पुरस्कार तथा सम्मान कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले रैथाने बालीको उत्पादन र यसको विस्तारका लागि मन्त्रालय र मातहतका निकाय लागिपरेको बताउनुभएको छ । उहाँले समयको परिवर्तनसँगै मीठो खानुपर्छ भन्ने भावना अगाडि आएको तर शरीर र स्वास्थ्यको दृष्टिकोणले हाम्रा परम्परागत कोदो र कोदोजन्य रैथानेबाली नै महत्त्वपूर्ण रहेको बताउनुभयो । गाउँघरमा उत्पादन भएका रैथानेबालीको विकासमा आफूहरू सचेत रहेको पनि उहाँको भनाइ छ ।
अनाज र राष्ट्रिय कृषक समूह महासङ्घले विगत चार वर्षदेखि रैथाने कोदोजन्य बालीलाई प्रोत्साहन गर्न राष्ट्रिय कोदो दिवसका रूपमा मनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।