पाँचथरमा फाल्गुनन्द गोल्डकप आजदेखि शुरू : उद्घाटन खेलमा आयोजक...
पुस ६, २०८१ शनिबार
काठमाण्डौ – बाजुरा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट क्षति वा हताहत भएकोबारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पको केन्द्रबिन्दु गोत्री क्षेत्रसहित अरु ठाउँको अवस्था बुझ्न सुरक्षाकर्मीलाई खटाउने तयारी भइरहेको उज्यालोलाई जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।