झापा कपको अन्तिम सेमिफाइनलमा आज राष्ट्रिय जागृति र एनआरटी खेल्दै
पुस ६, २०८१ शनिबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाहीका लागि सिफारिश गरेको छ ।
महानगरले हिजो आकस्मिक पत्रकार सम्मेलन गरी काठमाण्डौ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको भेटिएपछि कारबाहीको सिफारिश गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता नविन मानन्धरले महानगरको मापदण्ड विपरित नक्शा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईले आधिकारिक प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएकोले आवश्यक छानबिन गरि कारबाही गर्न सिफारिश गरेको जानकारी दिनुभएको छ ।
प्रवक्ता मानन्धरका अनुसार प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हटाउने विषयमा भने अहिलेसम्म कुनै पनि पनि निर्णय गरिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।