एनपीएलको फाइनल खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्दै
पुस ६, २०८१ शनिबार
काठमाण्डौ – कम्पनीमार्फत घरजग्गा कारोबार गर्न सरकारी अध्ययन समितिले सुझाव दिएको छ ।
‘जग्गा तथा आवास समस्या सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१’ ले घरजग्गा कारोबारमा हुने बिचौलिया रोक्न र करछली नियन्त्रण गर्न दर्ता भएका एजेन्ट वा एजेन्सीमार्फत मात्र जग्गा कारोबार गर्ने व्यवस्था लागू गर्न सुझाव दिएको हो ।
यसका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग समन्वय गर्नुपर्ने अध्ययन समितिको सुझाव छ ।
यसअघि २०७६ सालमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमै जग्गाको किनबेच कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था भए पनि कार्यान्वयन हुन सकेको छैन ।
यस्तै विदेशी नागरिकलाई संयुक्त र सामूहिक आवास किन्ने व्यवस्थाको लागि आवश्यक कानूनी व्यवस्था गरेर सहजीकरण गर्नसमेत समितिले सुझाव दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।