पाँचथरमा फाल्गुनन्द गोल्डकप आजदेखि शुरू : उद्घाटन खेलमा आयोजक फिदिम र भारतको टोली खेल्दै

 पुष ६, २०८१ शनिबार ९:३७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – राष्ट्रिय विभूति फाल्गुनन्दको स्मृतिमा हुँदै आएको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप आजदेखि शुरू हुँदैछ ।

पाँचथरको सदरमुकाम फिदिममा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक फिदिम  र्स्पोटिङ क्लब र भारतको करसाङ एफसी खेल्दैछन् । खेल दिउँसो दुई बजे शुरू हुनेछ ।

प्रतियोगितमा नेपालका ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, न्यूरोड टिम (एनआरटी) र त्रिभुवन आर्मीसहित आयोजक टोली, विराटनगर सिटी, सिरहाको सलहेश फुटबल क्लब, न्यूस्टार क्लब सुनसरी,  झापा–११ र भारतको करसाङ एफसी सहभागी छन् ।

फाइनल खेल यही पुस १५ गते हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । फाल्गुनन्द गोल्डकपको विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

२०६५ सालदेखि शुरू भएको फाल्गुनन्द गोल्डकप २०७५ सालसम्म सञ्चालन भएर विभिन्न कारणले स्थगित भएको थियो । प्रतियोगितालाई यस वर्षदेखि पुनः सञ्चालन गर्न लागिएको हो । 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया