प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको सिटीको जित

 मंसिर १६, २०७५ आइतबार ६:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । लिग लिडर सिटीले बर्नमाउथमाथि ३–१ गोल अन्तरको जित निकाल्दै दोस्रो स्थानको लिभरपुलसँग ५ अंकको दूरी बढाएको छ । 

शनिबार राति भएको खेलमा सिटीका लागि १६औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । लिरोइ सानेको बलमा सिल्भाले गोल गरेका थिए । तर ४४ औं मिनेटमा बर्नमाउथले बराबरी गरेको थियो । 

उसका लागि विल्सनले गोेल गर्दै पहिलो हाफमै बराबरी गरेका थिए । दोस्रो हाफमा सिटीले अरु २ गोल थप्न सफल भयो । ५७औं मिनेटमा रहिम स्र्टलिङले टिमकालागि दोस्रो गोल गर्दा गुडसोगनले ७९औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे । जितसँगै सिटीको १४ खेलमा १२ जित र २ बराबरसँगै ३८ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलले १३ खेल खेल्दै ३३ अंक जोडेको छ ।

प्रिमियर लिग अन्तर्गत शनिबार रातिको खेलमा क्रिष्टल प्यालेसले बर्नले माथि २–० को जित निकालेको छ ।

क्रिष्टल प्यालेसको जितमा जेम्स मार्कथर र एन्ड्रोस टाउनसेन्डले एक एक गोल गरे । यसैगरी लेस्टर सिटीले वार्टफोर्डमाथि २–० को जित निकाल्दा वेस्टह्यामले न्यूक्यासलमाथि ३–०को जित निकाल्न सफल भयो । अर्को खेलमा ब्राइटनले हडल्सफिल्डमाथि २–१ को जित दर्ता गरेको थियो ।


 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया