सुनकोशी नदीको फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान शुरू

 पुष ९, २०८१ मंगलबार ९:४:३२ | रासस
unn.prixa.net

खोटाङ – खोटाङ र उदयपुरलाई जोडने सुनकोशी नदीमा रहेको फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान शुरू भएको छ ।

खोटाङको लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका जोड्ने मोटरेबल पक्की पुल गएको असोज १२ गते आएको बाढीले बगाएपछि त्यहाँ अस्थायी बेलीब्रिज जडान शुरू भएको हो ।

फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान गर्न सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले गएको मङ्सिर २८ गते निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

सम्झौताअनुसार निर्माण कम्पनीले यही पुसभित्र अस्थायी बेलीब्रिज जडान सकेर यातायात सञ्चालन गराउनुपर्ने सडक विभाग उदयपुरका प्रमुख इञ्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभएको छ ।

गएको असोज १२ गते आएको बाढीले पक्की पुल बगाएपछि खोटाङबाट पूर्वी तराईसँगको सीधा यातायात सेवा बिच्छेद भएको छ ।

अहिले खोटाङबाट रसुवाघाटसम्म गाडी पुगेर त्यहाँबाट पैदल झोलुङ्गे पुल तरेर पारि उदयपुरबाट अर्को गाडी चढेर तराई जानुपर्ने बाध्यता छ । 

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया