तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – चितवनको सौराहामा हिजोदेखि शुरु भएको हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज हात्ती सुन्दरी प्रतियोगिता हुनेछ । भोलिदेखि हात्तीको पिकनिक कार्यक्रम छ ।
सौराहा नजिकैको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आउँदो सोमबारसम्म महोत्सव सञ्चालन हुनेछ ।
हिजो महोत्सवको उदघाटनअघि सिङ्गारिएका हात्तीको लस्करसहित आदिवासी थारू लगायतका समुदायको सांस्कृतिक झाँकी निस्किएको थियो ।
हात्ती महोत्सवको अवसरमा हात्तीको फुटबल पेनाल्टी हान्ने खेलसहित विविध गतिविधि र साङ्गीतिक कार्यक्रमहरू हुने आयोजक क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ ।
इस्वी संवतको नयाँ वर्ष २०२५ र क्रिसमसको अवसर पारेर १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव शुरु भएको हो ।
हरेक वर्ष आयोजना हुने महोत्सवले सौराहामा आन्तरिक तथा वाह्य पर्यटक आगमन बढ्ने विश्वास गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।