तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको तयारी थालेको छ । आउँदो फागुन १५ गते हुने स्ववियु चुनावका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु चुनाव गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु चुनावलाई तोकिएकै मितिमा सम्पन्न गर्नेबारे छलफल भएको बताउनुभयो ।
त्रिविले शैक्षिक क्यालेण्डरमा नै स्ववियु चुनावको मिति तोकेको छ । निर्देशक अधिकारीले चाँडै नै विद्यार्थी सङ्गठनसँग छलफल गरी चुनावको कामलाई अगाडि बढाउने बताउनुभयो ।
हरेक दुई/दुई वर्षमा हुने स्ववियु चुनाव २०६५ सालदेखि नियमित हुन सकेको छैन । वि.सं.२०६५ चैत ६ गते भएको स्ववियु चुनाव एकैपटक आठ वर्षमा वि.सं.२०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते स्ववियु चुनाव भएकोमा नौ वटा आङ्गिक क्याम्पसमा चुनाव हुन सकेको थिएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।