पानी पार्ने प्रणाली पूर्वसम्म पुग्यो, धेरै ठाउँमा वर्षा र हिमपा...
पुस १३, २०८१ शनिबार
काठमाण्डाै – भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा रहेको छ । दोस्रो दिनको खेल सकिँदा भारतले ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको छ ।
भारतका यशस्वी जयसवालले ८२ रन बनाए । यस्तै विराट कोहलीले ३६, केएल राहुलले २४ रन बनाए । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले २/२ विकेट लिए । भारत अझै ३ सय १० रनले पछि छ । भारतलाई 'फलो–अन' बाट बच्न अझै १ सय ११ रन चाहिन्छ ।
यसअघि मेलबर्नमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अस्ट्रेलियाले ४ सय ७४ रन बनाएको थियो । अस्ट्रेलियाका स्टेभेन स्मिथले शतक बनाए । यस्तै साम कोन्स्टास, उस्मान ख्वाजा र मार्नुस लाबुशेनले अर्धशतक बनाए । भारतका जसप्रित बुमराहले ४ विकेट लिए ।
बोर्डर–गाभस्कटर ट्रफी अन्तर्गत पाँच खेलको शृङ्खलामा १–१ को बराबरी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।