अस्ट्रेलियासँगको चौथो टेस्टको पहिलो पारीमा भारतको उत्कृष्ट पुनरागमन

 पुष १३, २०८१ शनिबार ११:५३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – अस्ट्रेलियासँगको चौथो टेस्ट क्रिकेटको पहिलो पारीमा भारतले राम्रो प्रदर्शन गरिरहेको छ । ताजा अवस्थामा भारतले ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको छ ।

२ सय २१ रनमा ७ विकेट गुमाएको अवस्थाबाट आठौं विकेटका लागि नीतीश कुमार रेड्डी र वाशिङ्गटन सुन्दरले १ सय २७ रनको साझेदारी गरे । भारत अझै १ सय २६ रनले पछि छ । अहिले नीतीश ९७ रन बनाएर क्रिजमा छन् । वाशिङ्गटन ५० रन बनाएर आउट भए ।

यसअघि भारतका यशस्वी जयसवाल ८२, विराट कोहली ३६, ऋषभ पन्त २८, केएल राहुल २४ रनमा आउट भए । अस्ट्रेलियाका स्कट बोल्यान्डले ३, कप्तान प्याट कमिन्सले २ विकेट लिए ।

यसअघि मेलबर्नमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले पहिलो पारीमा ४ सय ७४ रन बनाएको थियो । अस्ट्रेलियाका स्टेभेन स्मिथले शतक तथा साम कोन्स्टास, उस्मान ख्वाजा, मार्नुस लाबुशेनले अर्धशतक बनाए । भारतका जसप्रीत बुमराहले ४ विकेट लिए ।

पाँच खेलको बोर्डर–गाभस्कर ट्रफी शृङ्खलामा १–१ को बराबरी छ ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया