दक्षिण कोरियामा १ सय ८१ जना बोकेको विमान दुर्घटना, कम्तीमा २...
पुस १४, २०८१ आइतबार
काठमाण्डौ – श्रीलङ्कासँगको पहिलो टी–२० क्रिकेट न्युजिल्याण्डले ८ रनले जितेको छ । न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ८ विकेट गुमाएर १ सय ६४ रन मात्रै बनाउन सक्यो । उसका लागि पथुम निशंकाले ९० र कुशल मेन्डिसले ४६ रन बनाए ।
न्युजिल्याण्डका ज्याकोब डफीले तीन र जाकरी फुल्केसले दुई विकेट लिए । यसअघि न्युजिल्याण्डको मौनगानुईमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका लागि ड्यारेल मिचेलले सर्वाधिक ६२ र माइकल ब्रेसवेलले ५९ रन बनाए ।
श्रीलङ्काका विविन्दु हसरंगा, महिश थिकसना र बिनुरा फर्नान्डोले २/२ विकेट लिए । तीन खेलको टी–२० र तीन खेलको एकदिवसीय शृङ्खलाको लागि श्रीलङ्काको टोली न्युजिल्याण्डमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।