पोखराको फेवातालमा नेपाल–चीन मैत्रीपूर्ण डुङ्गा दौड प्रतियोगिता शुरू

 पुष १४, २०८१ आइतबार १५:१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – पर्यटकीय नगरी पोखराको फेवातालमा नेपाल–चीन मैत्रीपूर्ण 'ड्रागन बोट रेस' अर्थात् डुङ्गा दौड प्रतियोगिता शुरू भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण डुङ्गा दौड प्रतियोगिता आजदेखि भएको हो ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० वटा समूह सहभागी छन् । भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा भाग लिन चीनको छेन्दुबाट विमान चार्टर्ड गरी एक सय २९ जना खेलाडी पोखरा आएका छन् ।

प्रतियोगितामा चीनका आठ, सिङ्गापुरका एउटा र नेपालका विभिन्न ठाउँबाट ११ वटा समूह रहेका छन् । नेपालको तर्फबाट प्रतियोगितामा गण्डकी, बाग्मती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोट गण्डकी, बेगनास टोली, रूपाताल टोली र नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ वटा टोलीको सहभागिता छ ।

प्रतियोगितामा पाँच सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया