सोलुखुम्बुका विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था

 पुष १५, २०८१ सोमबार १३:११:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुमा चिसो बढ्दै गएपछि प्रहरीले सल्लेरी बजार क्षेत्रमा विभिन्न ठाउँमा नागरिकलाई आगो ताप्ने व्यवस्था मिलाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार आज बिहानदेखि सल्लेरीका विभिन्न ठाउँमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाइएको हो ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार चिसोको जोखिमबाट बालबालिका, वृद्धवृद्धा तथा कमजोर वर्गका नागरिकलाई जोगाउन र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न यो प्रयास गरिएको हो ।

डिभिजन वन कार्यालयसँगको समन्वयमा सल्लेरी, फाप्लु, आडाँडा, नयाँ बजारलगायतका प्रमुख क्षेत्रमा दाउरासहित व्यवस्थित रूपमा आगो ताप्ने ठाउँ निर्माण गरिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार आगो ताप्ने ठाउँ सुरक्षित र सहज हुने गरी व्यवस्थापन गरिएको छ ।

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया