एन्फा महिला लिगमा आर्मीले बाग्मती युथलाई हरायो
पुस १८, २०८१ बिहिबार
काठमाण्डौ – हरेक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार पर्व आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङलगायतका जिल्लामा मनाइँदैछ । तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ ।
‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ । तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ ।
सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्छ । तामाङ जातिले आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् ।
तोल ल्होसार भुटान र तिब्बतका केही ठाउँमा अहिले पनि मनाउने गरिएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । हिमाली क्षेत्रका मानिस आज स्नान गरी शुद्ध हुन्छन् । घर, आँगन लिपपोत गरी चोखो बनाउँछन् ।
लामा पुरोहित वा घरका मुख्य मान्छेबाट पूजापाठ गरिन्छ । आकाशतर्फ गहुँको पीठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ । ठूला, बडा एवम् मान्यजनबाट आशीर्वाद लिई बाबरी रोटी, फुरौला, कन्दमूल खाने गरिन्छ । गुरुङ समुदायले हिजो तमु ल्होसार धुमधामका साथ मनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।