रक्सीको बोतलमा क्यान्सरको चेतावनी राख्न अमेरिकाका वरिष्ठ डाक्टर...
पुस २०, २०८१ शनिबार
काठमाण्डौ – सुक्खायाममा जङ्गली जनावर र चराचुरुङ्गीलाई पानीको अभाव हुन नदिन रुकुम पश्चिमका तीन वटा ठाउँमा रिचार्ज पोखरी निर्माण भएका छन् । सानीभेरी गाउँपालिका–४ को टुरा, त्रिवेणी गाउँपालिकाको–९ को चौपारी र १० को भानीपोलेमा रिचार्ज पोखरी निर्माण भएकाे हो ।
नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रममार्फत विपद् जोखिम न्यूनीकरणका लागि आपत्कालीन पूर्वतयारी क्षेत्रअन्तर्गत रिचार्ज पोखरी निर्माण गरेको हो । पारिस्थितिक प्रणालीमा देखिएको असर न्यूनीकरण गर्न र जङ्गली जनावर तथा चराचुरुङ्गीलाई पानीको आवश्यकता परिपूर्ति गर्न रिचार्ज पोखरी निर्माण गरिएको रेडक्रसले जनाएको छ ।
जलस्रोतको पुनर्भरण गर्न तीन वटा रिचार्ज पोखरी बनाइएको हो । रिचार्ज पोखरी पानीका मुहानभन्दा माथिल्लो भागमा निर्माण गरिएको छ । पोखरीमा बाह्रै महिना पानी जम्मा गरेर तल्लो क्षेत्रमा रहेका पानीका मुहान सुक्खा हुन नदिन पनि यो उपाय अपनाइएको हो । पोखरीमा आकाशेपानी सङ्कलन गरिनुका साथै उपलब्ध भएका बेलाको पानी जम्मा हुनेछ ।
पानीका स्रोतमा चिस्यान बनाइराख्न र जनावर तथा चराचुरुङ्गीहरूका लागि पानी व्यवस्था गर्न रिचार्ज पोखरी प्रभावकारी हुने स्थानीयवासीको विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।