गोरखाबाट नेपाली सेनाको टोलीले एकीकरण पदयात्रा थाल्यो
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – आज राति अत्यधिक उल्का वर्षा हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले विज्ञप्ति निकालेर आज राति सन् २०२५ को पहिलो उल्का वर्षा हुने जानकारी गराएको हो ।
बुटिज अर्थात भूतप नामको तारामण्डलबाट उल्का वर्षा हुने मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको छ । पुस १३ गतेदेखि सक्रिय रहेको भूतप उल्का वर्षा आउँदो २८ गतेसम्म रहने छ । तर आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुने छ । आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको ठाउँबाट कुनै उपकरणको प्रयोगविनै सजिलै हेर्न सकिने नासोले जनाएको छ ।
प्रतिघण्टा ५० देखि एक सय २० वटासम्म उल्का वर्षा हुने नासोको अनुमान छ । आज राति आकाशमा हेरेर मनोरञ्जन लिन सक्ने नासोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई नै उल्का वर्षा एवम् चलनचल्तीको भाषानुसार तारा खसेको भन्ने गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।