जय ट्रफी एलिट कप : मधेश १ सय २ रनमै अलआउट, सन्दीपले लिए ५ व...
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट हटाउनुभएको छ ।
एमबीबीएस पढाउने भन्दै ३८ लाख ८० हजार रुपैयाँ लिएको खबर सार्वजनिक भएपछि स्वकीय सचिवलाई पदबाट हटाएको सभापति पोखरेलले सङ्घीय संसद् सचिवालयलाई लेख्नुभएको पत्रमा उल्लेख छ ।
सभापति पोखरेलले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्नमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न माग पनि गर्नुभएको छ ।
स्वकीय सचिव पोखरेलले अग्निसाइर कृष्णसवरन गाउँपालिका वडा नम्बर ५ बकधुवा बस्ने बौआलाल चौधरीकी छोरीलाई एमबीबीएस डाक्टर पढाउने आश्वासन दिएका र चौधरीले पटक–पटक गरी ३८ लाख ८० हजार रुपैयाँ पोखरेललाई दिएको उजुरी परेको छ ।
प्रहरीले उजुरी दर्ता नगरेपछि पीडितले उच्च अदालत विराटनगरमा रिट दायर गराउनुभएको हो । अनिलकुमार पोखरेल नेकपा (एमाले) मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।