जय ट्रफी एलिट कप : मधेश १ सय २ रनमै अलआउट, सन्दीपले लिए ५ व...
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत 'ड्रिलिङ' अर्थात् गहिरो खोतल्ने काम सकिएको छ । गएको वैशाख २८ गतेदेखि शुरू गरेको 'ड्रिलिङ' अन्तर्गत चार हजार दुई मिटर गहिरो खन्ने काम सकिएको खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले जानकारी दिनुभयो ।
विज्ञले प्रत्येक दुई/दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरिरहेका छन् । ढुङ्गा र माटो परीक्षणपछि त्यसबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरी तीन वटा थप अध्ययन हुनेछ ।
प्राकृतिक ग्यास हुनका लागि तय गरिएका मापदण्ड पूरा हुने सङ्केत प्राप्त भइरहेका लुइँटेलले बताउनुभयो । चिनियाँ टोलीले हरेक दुई मिटरबाट सङ्कलन गरेको नमूनाको विशिष्ट अध्ययन चीनमै गर्ने भएकाले अन्तिम नतिजा आउन केही समय लाग्ने विभागले जनाएको छ । अन्तिम नतिजामा भण्डारण क्षमता पत्ता लागेको खण्डमा आर्थिक विश्लेषण गरेर उत्पादनका लागि प्रक्रिया अगाडि बढाइने लुइँटेलले बताउनुभयो ।
ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । चीन सरकारको दुई अर्ब ५० करोड रुपियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।