पाँचौँ टेष्टको दोस्रो पारीमा भारतको खराब ब्याटिङ, फाइनल पुग्ने आशा कमजोर

 पुष २०, २०८१ शनिबार १३:८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – अष्ट्रेलियासँगको पाँचौ तथा टेस्टको दोस्रो पारीमा पनि भारतले खराब ब्याटिङ गरेको छ । सिड्नीमा पहिलो पारीमा जम्मा चार रनको अग्रता बनाएको भारतले दोस्रो पारीमा एक सय ४१ रन बनाउँदा छ विकेट गुमाइसकेको छ ।

भारतका ऋषव पन्तले आक्रामक ब्याटिङ गर्दै  ३३ बलमा ६१ रन बनाए । यशस्वी जयसवालले २२, केएल राहुल र शुभमन गिलले समान १३, विराट कोहलीले छ र नितिश कुमार रेड्डीले चार रन बनाएर आउट भए । अष्ट्रेलियाका स्कट बोलान्डले चार विकेट लिएका छन् । तेस्रो दिनको खेल सकिँदा भारतले एक सय ४५ रनको अग्रता बनाएको छ ।

यसअघि भारतले पहिलो पारीमा एक सय ८५ रन बनाएको थियो, अष्ट्रेलियाले एक सय ८१ रन बनायो । पाँच खेलको शृङख्लामा अष्ट्रेलियाले २–१ को अग्रता लिएको छ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने आशा जीवितै राख्न भारतलाई यो खेल जित्नैपर्ने अवस्था छ ।

यदी यो खेल बराबरी भयो वा अष्टेलियाले जित्यो भने अष्टेलिया नै फाइनलमा जानेछ । तर भारतले यो खेल जितेमा र यसपछि अष्ट्रेलियाले श्रीलङ्कासँग हुने शृङखला हारेमा भने भारत फाइनलमा जानेछ । दक्षिण अफ्रिका विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगिसकेको छ ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया