न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्...
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – आज देशको पश्चिमी क्षेत्रमा मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार गएरातिदेखि पश्चिम नेपालका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी क्षेत्रको माथिल्लो भागबाट बदली शुरु भएको र यो फैलिने क्रममा छ ।
आज दिउँसोपछि मध्य तथा पूर्वी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि बदली हुने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकीका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज मधेस प्रदेशबाहेकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसमविद् महर्जनका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसम बदली भएको हो । महाशाखाले देशका उच्च पहाडी तथा हिमाली धेरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।
यो प्रणाली केही दिनअघि भएको बदली जस्तै देखिने भए पनि ठूलो पानी पार्ने सम्भावना छैन । भोलिदेखि मौसममा सुधार हुने मौसमविद्को अनुमान छ । तराईका कतिपय क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो कायमै छ । देशभर चिसो बढेकाले जनजीवन प्रभावित भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।