लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख घिमिरेको ध्यानाकर्षण
पुस ८, २०८१ सोमबार
काठमाडौं – जोरपाटीबाट प्रहरीले १३ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ नयाँबस्तीमा सञ्चालित पूर्वेली गेष्ट हाउसमा जुवा खेलिरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराका राजकुमार तिवारी, काभ्रेका केशब नेपाल, उदयपुरका मानबहादुर मगर, महेशकुमार राई, दीपक राई, हरी तिमल्सिना, सिन्धुपाल्चोकका विशाल सुनार रहेका छन् ।
काठमडौंका नरेन्द्र मिश्र, जोन श्रेष्ठ, चन्दागिरी नगरपालिकाका सुशिल क्षेत्री, शंखरापुरका राजु भ्लाेन, खोटाङका युवराज गुरुङ जुवा खेलाउने गेष्ट हाउस सञ्चालक राम कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राति साढे १० गेष्ट हाउसमा जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा छापा मार्दा जुवाडेहरुले प्रगोग गरेको १६ थान कौडासहित ५ लाख ३१ हजार नेपाली रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई पक्रेको हो । पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार मुद्दा चलाउने तयारी भइरहेको नायव उपरीक्षक चन्दले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।