बाघकाे आक्रमणबाट बर्दियामा महिलाकाे ज्यान गयाे
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने आज जिल्ला अदालत काठमाण्डौमा उपस्थित भएका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा गएको बिहीवार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रवार काठमाण्डौ आएर आज जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराएको हो ।
आज नै उनको बयान र वकिलहरूको बहस सक्ने तयारी छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक र साझेदार रहँदा विभिन्न सहकारी संस्थाबाट टेलिभिजनमा लगानी भएको रकम परिचालनमा लामिछाने पनि जिम्मेवार रहेको सरकारी पक्षको आरोप छ ।
सहकारी समस्याबारे छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले लामिछानेमाथि कारबाही गर्न सिफारिस गरेपछि उनीमाथि विभिन्न जिल्लामा अनुसन्धान शुरु भएको थियो । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी, चितवनमा सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगीको आरोप छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।