रविको थुनछेक बहस आज पनि सकिएन, भोलि बिदा परेकाले पर्सिसम्मै हिरासतमा रहने

 पुष २९, २०८१ सोमबार १६:३९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे, रासस

काठमाण्डाै – काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि पूरा नभएको अदालतले जनाएको छ ।

जिल्ला अदालत काठमाण्डौमा हिजोदेखि बयान सकिएर थुनछेक बहस शुरू भएकोमा आज पनि सम्पन्न हुन सकेन । थुनछेक बहस नसकिएकाले लामिछानलाई आज पनि प्रहरीले हिरासतमा लगेको छ । भोलि सार्वजनिक बिदा भएकाले प्रहरीले अब पर्सि मात्रै लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरेका छन् । सरकारी वकिलले लामिछानेलाई थुनामुक्त गर्दा प्रमाण नष्ट हुने भएकाले थुनामै राख्ने आदेशको माग गरेका छन् भने लामिछानेका वकिलले जिल्ला अदालत पोखराले जस्तै लामिछानेलाई थुनाबाहिरै रहेर मुद्दा लड्ने सुविधा दिन माग गरेका छन् । थुनछेक बहसको आदेश नआउञ्जेल लामिछाने हिरासतमै रहनेछन् ।

गोर्खा मिडिया नेटवर्कमा कानून विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा भने जिल्ला अदालत कास्कीले गएको बिहीवार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया