१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

 माघ २, २०८१ बुधबार १२:५५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । आज भएको खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको हो ।

मलेसियाको क्वालालम्पुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५८ रन बनाएको थियो । कप्तान पूजा महतो १० रनमा आउट हुँदा अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालले जीतका लागि दिएको ५९ रनको सामान्य लक्ष्य अमेरिकाले १४ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि रिया शर्माले तीन विकेट लिइन् ।

नेपाल पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नाै रनले पराजित भएको थियो । गएको महिना भएको १९ वर्षमुनिको एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप यही माघ ५ देखि २० गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । नेपालले पहिलो खेलमा माघ ५ गते बङ्गलादेशसँग खेल्नेछ ।

यस्तै नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया