कोशीलाई हराउँदै आर्मी पीएम कप क्रिकेटको 'सुपर–फोर' मा

 माघ ८, २०८१ मंगलबार १४:३३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेशलाई ९ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ मा पुगेको छ ।

कोशीले दिएको ३७ रनको लक्ष्य आर्मीले ६ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । आर्मीकी सम्झना खड्काले नटआउट ३२ रन बनाइन् ।

यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित ७ ओभरमा ५ विकेट गुमाएर ३६ रन बनायो । कोशीकी स्मृति कटुवालले सबैभन्दा धेरै १४ रन बनाइन् । आर्मीकी मनिषा चौधरीले ३ र सुष्मिता भुसालले २ विकेट लिए । खराब मौसमका कारण खेल ७ ओभरमा झारिएको थियो ।

आर्मी ३ खेलमा ४ अङ्कसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । कोशी ३ खेलमा ४ अङ्कसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

यस्तै समूह ‘बी’ को अर्काे खेलमा अहिले तेस्रो स्थानको बाग्मती प्रदेश र पुछारको मधेश प्रदेश खेलिरहेका छन् । यो खेलको नतिजापछि ‘सुपर फोर’ मा पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्ने छ ।

प्रतियोगिताको समूह ‘ए’ बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’ मा पुगेका छन् । ‘सुपर फोर’ मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया