भारतले ७६औं गणतन्त्र दिवस मनायाे (तस्वीरहरू)
माघ १३, २०८१ आइतबार
काठमाण्डौ – नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनअन्तर्गत आज चुनाव हुँदैछ । नयाँ नेतृत्व चयन गर्नका लागि देशभरका साढे २४ सय प्रतिनिधिले मतदान गर्दैछन् ।
उपत्यका विशेष प्रदेश र बाग्मती प्रदेशको मतदान काठमाण्डौमा हुँदैछ । अरू प्रदेशको सम्बन्धित प्रदेशबाटै मतदान गर्ने व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार ३३ पदाधिकारीका लागि एक सय ५५ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादवबीच प्रतिस्पर्धा हुँदैछ ।
अखिल क्रान्तिकारीमा एक अध्यक्ष, नौ उपाध्यक्ष, एक महासचिव, नौ उपमहासचिव, १२ जना सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालयसहित कुल ३ सय १२ जना चयन हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।