टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो खेल रोकियो

 माघ १२, २०८१ शनिबार १८:३०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाँचौ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप’ भलिबल प्रतियोगिता आजदेखि शुरु भएको छ । आज महिलातर्फका खेलहरु भएका छन् । आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमन्ड भलिबल क्लब विजयी भए । तेश्रो खेल भने रात परेपछि चल्दाचल्दै रोकिएको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको पहिलो खेलमा एपीएफले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ को सेटमा हरायो । ट्राभल इन्क्वारीले पहिलो सेट २५–२१ र दोश्रो सेट २५–२० ले जित्यो । यस्तै एपीएफले तेश्रो सेट २५–१९, चौथो सेट २५–२० र पाँचौ सेट १५–७ ले जित्यो ।

आजै भएको दोश्रो खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१२ र तेश्रो सेट २५–२४ ले जितेको थियो । यस्तै न्यू डायमन्डले दोश्रो सेट २३–२५, चौथो सेट २५–१८ र पाँचौं सेट १५–१० ले जित्यो ।

आजको तेस्रो खेलमा टाइगर ग्रुप अफ पोखरा र त्रिभुवन आर्मी क्लब खेल्दा खेल्दै रात परेपछि चौथो र पाँचौ सेट भोलि हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ६ गरी १२ टोली सहभागी छन् । प्रतियोगिता यही १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय हुने टोलीले एक लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया