इंग्लिस प्रिमियर लिगमा लिभरपुल, सिटी र आर्सनल विजयी

 माघ १३, २०८१ आइतबार ६:४८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई ३–१ गोलले हराएको हो । सिटी ४१ अङ्कसहित चौथो र चेल्सी ४० अङ्कसहित छैटौँ स्थानमा छ ।

गएरातिकै अर्को खेलमा शीर्ष स्थानको लिभरपुलले इपस्वीच टाउनलाई ४–१ गोलले हराएको छ । लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग छ अङ्कको दूरी बनाएको छ । लिभरपुरको ५३ अङ्क भएको छ ।

गएराति आर्सनलले उल्भ्सलाई १–० गोलले हरायो । गएरातिकै अरू खेलमा एभर्टनले ब्राइटनलाई, बर्नमाउथले नटिङघम फरेस्टलाई र न्युक्यासलले साउथह्याम्प्टनलाई हराएका छन् ।  

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया