यसपालीको हिउँदमा अहिलेसम्म औसतको झन्डै ९ प्रतिशत मात्रै वर्षा

 माघ १३, २०८१ आइतबार ७:३०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – यसवर्ष अहिलेसम्म हिउँदमा हुने सरदर वर्षाको झन्डै नौ प्रतिशत मात्रै वर्षा भएको छ । यसपाली हिउँदे वर्षा निकै कम भएको मौसमविद् गोविन्द झाले बताउनुभयो । नेपालमा हिउँदका तीन महिनामा औसतमा ६० मिलिमिटर वर्षा हुन्छ ।

पछिल्ला केही वर्षदेखी नै हिउँद सुख्खा बन्दै आएका छन् । गएको वर्षको हिउँदमा औसत वर्षाको झन्डै २१ प्रतिशत अर्थात् १२ दशमलव पाँच मिलिमिटर मात्र वर्षा भएको थियो ।

२०७९ सालको हिउँदमा पनि भन्डै २५ प्रतिशत मात्रै वर्षा भएको थियो । नेपालमा २०६३ साल यता जम्मा पाँच वर्षका हिउँदमा मात्र नेपालमा सरदरभन्दा धेरै वर्षा भएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया