नेपाली सेनाकाे भोलिदेखि फोटो तथा वृहद प्रदर्शनी
माघ १४, २०८१ सोमबार
काठमाण्डौ – ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका तीनजनाको अवस्था गम्भीर बनेको छ । झडपमा घाइते भएका यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वाको विराटनगरमा उपचार भइरहेको छ ।
प्रदर्शनको क्रममा चार जना घाइते भएका थिए । यस्तै एक जना प्रहरी पनि घाइते भएका प्रहरीले जनाएको छ । ‘नो केबलकार’ भन्दै प्रदर्शन गरेका स्थानीयबासिन्दा र प्रहरीबीच हिजो झडप भएको हो ।
स्थानीयबासिन्दाले केबलकार निर्माणाधीन क्षेत्रमा ‘नो केबलकार’ भन्दै आजदेखि संघर्षका कार्यक्रम गर्ने बताएका थिए । तर स्थानीय प्रशासनले हिजै सशस्त्र र नेपाल प्रहरी खटाएर स्थानीयबासिन्दामाथि बल प्रयोग गरेको हो । स्थानीयबासिन्दाले ढुङ्गा र गुलेली हानेपछि गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ ।
प्रहरीले आन्दोलनकारीबाट तीन वटा खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयलाई उद्धृत गर्दै राससले जानएको छ । हिमालयन कन्सट्रक्सनले केबलकार बनाउन गएको मङ्गलवारदेखि जमिन सम्याउने काम शुरु गरेसँगै स्थानीयबासिन्दा आन्दोलनमा छन् । शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेर गोली प्रहार गरेको भन्दै नागरिक समाज र राजनीतिक दलका स्थानीय नेताले विरोध गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।