अर्थतन्त्र चलायमान बनाउन सरकारले अध्यादेश ल्यायाे : अर्थमन्त्री पाैडेल

 माघ १३, २०८१ आइतबार १४:५९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याएको बताउनुभएको छ ।

भन्सार दिवसको अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री पौडेलले उत्पादन, उत्पादकत्व र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वृद्धि गर्ने उद्देश्यले अध्यादेश ल्याएको बताउनुभयो । निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशलाई सकारात्मक रूपमा लिएको भन्दै उहाँले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरू अन्तिम नभएको र आउँदा दिनमा अझ धेरै काम गर्दै जाने उल्लेख गर्नुभयाे ।

निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । उहाँले राजस्व सङ्कलनमा सहयोगी भूमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह समेत गर्नुभएको छ ।

राजस्व चुहावट, अनियमितताजस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न, वैधानिक रूपले कारोबार गर्न निजी क्षेत्रका छाता सङ्गठनले आफ्ना सदस्यलाई निर्देशित गर्नुपर्नेमा अर्थमन्त्री पौडेलको जोड छ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया