टाइगर कप भलिबल : महिलातर्फ आयोजक र पुरुषतर्फ भारतको क्लब विजयी

 माघ १३, २०८१ आइतबार १५:०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखराले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज बिहान भएको खेलमा टाइगर ग्रुप अफ पोखराले आर्मीलाई ३–० को सोझो सेटमा हरायो । आयोजक टोलीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–११ र तेस्रो सेट २५–२१ ले जित्यो । यसअघि हिजो खराब प्रकाशका कारण खेल स्थगित भएपछि आज फेरि खेलाइएको हो । हिजो खेल स्थगित हुँदा आर्मी २–१ सेटले अगाडि थियो ।

यस्तै टाइगर कप भलिबलको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराएको छ । सुनिल क्लबले हेल्प नेपाललाई ३–१ को सेटमा हरायो । हेल्प नेपालले पहिलो सेट २५–२२ ले जिते पनि सुनिल क्लबले दोस्रो सेट २५–२३, तेस्रो सेट २७–२५ र चौथो सेट २५–१६ ले जित्यो ।

पुरुषतर्फ अहिले गण्डकी प्रदेश र नेपाल पुलिस क्लब खेल्दैछन् । त्यसपछि आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ । पाँचौं संस्करणको प्रतियोगिता आउँदो शनिवार माघ १९ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया