च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
तनहुँ – निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण सम्पन्न भएको छ ।
व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको ८ कोठा भएको दुई तले पक्की भवन आयोजनाले आफ्नै खर्च एवम् प्राविधिक सहयोगमा निर्माण सम्पन्न गरेको हो । आयोजनाबाट निर्माण गरिएको नवनिर्मित भवन हिजो विद्यालयको ३३औं स्थापना दिवस तथा अभिभावक भेलाको अवसरमा आयोजित कार्यक्रमका बीच हस्तान्तरण एवम् उद्घाटन पनि भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले लागू गरेको डिजाइनअनुसार निर्माण गरिएको विद्यालय भवन भूकम्प प्रतिरोधी एवम् अपाङ्गमैत्री रहेको छ । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच २ वर्षअघि १ करोड ३८ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
आयोजना प्रभावित क्षेत्र भीमाद नगरपालिका–५ ऋषिङपाटनमा दीपक माध्यमिक विद्यालयको भवन पनि निर्माण अन्तिम चरणमा छ । सामाजिक विकास कार्यक्रमअन्तर्गत व्यास तथा भीमाद नगरपालिका र ऋषिङ, म्याग्दे तथा बन्दीपुर गाउँपालिका आयोजना प्रभावित वडाहरूमा ६६ वटा योजना सम्पन्न भएका छन् । ९ वटा योजना सञ्चालित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।