डिजिटल भुक्तानी निःशुल्क बनाउन रास्वपा सांसद डाँगीकाे माग

 माघ १५, २०८१ मंगलबार १८:२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : डाँगीकाे फेसबुकबाट

काठमाण्डाै – डिजिटल भुक्तानीमा लाग्दै आएको कर हटाउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाउनुभएको छ ।

डाँगीले डिजिटल भुक्तानी पूर्णतया निःशुल्क बनाउन पनि माग गर्नुभएको छ । एकातिर सरकारले डिजिटल नेपाल फ्रेमवर्कको खाका बनाएर विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको बताउने तर अर्कोतिर विद्युतीय कारोबारमा सानो मन गरेर कर लगाउने व्यवहारले सर्वसाधारणलाई थप आर्थिक भार पुर्‍याइरहेको डाँगीले ध्यानाकर्षण पत्रमा उल्लेख गर्नुभएको छ ।

सरकारले आउँदा दिनमा निःशुल्क डिजिटल भुक्तानी गर्न आवश्यक नीति तथा संरचना बनाई डिजिटल भुक्तानी प्रयोगकर्तालाई प्रोत्साहान गर्नुपर्ने सांसद निशा डाँगीले माग गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया